Section 21
जग्गा प्राप्त गर्ने
: प्राधिकरणलाई देहायको प्रयोजनको लागि नेपाल सरकारले प्रचलित कानून बमोजिम आवश्यक जग्गा प्राप्त गरिदिन सक्नेछ ः-
(क) बाँध वा तटबन्ध निर्माण गर्न,
(ख) नहर कुलो निर्माण गर्न,
(ग) जलाशय निर्माण गर्न,
(घ) विद्युत उत्पादन, प्रसारण, वितरण र रुपान्तर केन्द्र (सबस्टेशन) निर्माण गर्न,
(ङ) जमीन माथि वा मुनि विद्युत तार वा लाईन जडान गर्न,
(च) विद्युत लठ्ठा ठड्याउन,
(छ) विद्युत सम्बन्धी अन्य सुविधाहरु निर्माण गर्न,
(ज) प्राधिकरणको उद्देश्य पूर्ति गर्न गरिने अन्य काम गर्न ।